काठमाडौं ।
इरानी संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अमेरिकामाथि भरोसा नभएको बताएका छन्। उच्चस्तरीय वार्ताका लागि पाकिस्तानको इस्लामाबाद पुगेका उनले वार्ता अघि यस्तो धारणा व्यक्त गरेका हुन्।
इस्लामाबादमा पत्रकारहरूसँग कुरा गर्दै गालिबाफले इरानले असल मनसायका साथ वार्ता गरे पनि पछिल्लो समय आक्रमण र युद्ध अपराधको सामना गर्नुपरेको आरोप लगाए। उनले अमेरिकाले इमान्दार रूपमा सम्झौता गर्न तयार भए र इरानी नागरिकको वैध अधिकारलाई स्वीकार गरे इरान वार्तामा सकारात्मक हुने बताए।
तर, वार्तालाई शक्ति प्रदर्शन वा धोका दिने रणनीतिका रूपमा प्रयोग गरिए इरान आफ्नो क्षमतामाथि भरोसा गर्दै नागरिकको अधिकार रक्षा गर्न तयार रहेको उनले चेतावनी दिए।
अमेरिका र इरानका उच्चस्तरीय टोलीहरू वार्ताका लागि इस्लामाबाद पुगेका छन् भने त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ।











प्रतिक्रिया