काठमाडौ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिकदेखि सामान्यतया सफा मौसम कायम छ।
शनिबार कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ।
त्यसैगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमको यस मिश्रित प्रभावले जनजीवनमा सामान्य असर पर्न सक्ने अनुमान गरिएको छ।











प्रतिक्रिया