सनी लियोनी नेपाल घुमेर रमाउँदै


बलिउड अभिनेत्री सनी लियोनी नेपाल घुमेर रमाएकी छन्।
उनी पति डेनियल वेभरबा साथ नेपाल घुम्न आएकी हुन्। उनले सामाजिक सञ्जालमार्फत केही तस्बिर सेयर गर्दै नेपाल घुमको जानकारी गराएकी छन्।

नेपाल बसाइका क्रममा उनीहरू नगरकोट भ्यु टावर पुगेका थिए। नगरकोट घु्मघामस“गै त्यहा“बाट देखिने प्राकृतिक दृश्य अवलोकन गर्दै खिचिएका तस्बिर र भिडियो सन्नी र डेनियल दुवैले आफ्नो सामाजिक सञ्जालमार्फत साझा गरेका छन्। जसले उनका प्रशंसकबीच पनि उत्साह पैदा गरेको छ।

सन्नी र डेनियल यसअघि पनि पटक–पटक नेपाल भ्रमणमा आएका थिए। नेपालप्रति विशेष रुचि राख्ने सन्नीले केही वर्षअघि प्रदर्शनमा आएको नेपाली फिल्म पासवर्डमा समावेश आइटम गीतमा नृत्य गरेकी थिइन्।