रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ मा पारिवारिक विवादले उग्र रूप लिँदा जेठानको कुटाइबाट ज्वाइँको मृत्यु भएको छ।
ससुराली घर पाहुना बस्नआएका ६० वर्षीय प्रेम बहादुर तामाङलाई उनकै जेठान वीर बहादुर तामाङले घरायसी झगडाका क्रममा मुक्का प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार भएको उक्त घटनापछि अभियुक्त वीर बहादुर फरार रहेका थिए।
उनलाई प्रहरीले मंगलबार बिहान खारपानी क्षेत्रबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार ससुरालीमा पाहुना आएका ज्वाइँमाथि सामान्य विवादकै बीचमा आक्रमण भएको थियो।
“सामान्य घरायसी विवादले उग्र रूप लिँदा मुक्का प्रहार भएको र सोही चोटका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,” डीएसपी भट्टले भन्नुभयो। पक्राउ परेका तामाङ मन्थली ल्याइदै छ ।











प्रतिक्रिया