भक्तपुर ।
गुणस्तरीय शिक्षा प्रदान गरि आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड स्कुलले आयाेजना गरेको मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२ काे नृत्यतर्फ एप्रिल सिल्पकार र स्तुति राना मगरले उपाधी जितेका छन् भने गायनतर्फ जेसिक नेपाल र न्युराेन लाेहाेलाले उपाधी जितेका छन् ।


सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) मा रहेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल विद्यालय मदरल्याण्ड स्कुलले मदरल्याण्ड प्रतिभा महोत्सव ( मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२) भव्यताका साथ सम्पन्न गरेको हाे ।
यहि चैत्र ८ गते आइतबार नृत्य तर्फ मदरलल्याण्ड डान्स आइकन र गायन तर्फ भ्वाइस अफ मदरल्याण्ड सिजन १ भव्य रुपमा सम्पन्न गरेको हाे ।
मदरल्याण्ड ट्यालेन्ट फेस्टमा कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थाहरुले जुनियर र सिनियर गरी प्रतिस्पर्धा गरेका थिए । भ्वाइस आइकन अफ मदरल्याण्डको जुनियर तर्फ कक्षा ४ का जेशिक नेपाल र सिनीयर तर्फ कक्षा ५ का न्यूरोण लोहोला विजेता बन्न सफल भएका थिए । मदरल्याण्ड डान्स आइकनको जुनियर तर्फ कक्षा ३ की स्तुति राणामगर र सिनीयर तर्फ कक्षा ६ की एप्रिल शिल्पकार विजेता बन्न सफल भएका थिए ।
यस्तै जुनियर तर्फको भ्वाइस आइकन अफ मदरल्याण्डको प्रथम उपविजेता कुशल घिमिरे, द्धितीय उप विजेता सनुप दाहाल, तृतीय उपविजेता ईभा सुकुभट्टु र चौंथो उपविजेता प्रिन्स थापाले उपाधि जित्न सफल भएका थिए ।
सिनियर तर्फ भ्वाइस आइकन प्रथम उपविजेता आयन योन्जन, द्धितीय उप विजेता पूर्णिमा खत्री, तृतीय उपविजेता आयन जगं कटवाल र चौंथो उपविजेता लकिशा भण्डारीले उपाधि चुम्न सफल भएका थिए ।
नृत्य तर्फ जुनियर तर्फको मदरल्याण्ड डान्स आइकनको प्रथम उपविजेता यशिका प्रधान, द्धितीय उप विजेता रूगोशा नेपाल, तृतीय उपविजेता रियान्श बोहरा र चौंथो उपविजेता रक्षिका कासुलाले उपाधि प्राप्त गर्न सफल भएका थिए ।
नृत्य तर्फ सिनियर विधामा प्रथम उपविजेता झरणा देउवा, द्धितीय उप विजेता जेशिका श्रेष्ठ, तृतीय उपविजेता जेनिशा तामागं र चौंथो उपविजेता ऋुतु तामाङ हुन सफल भएका थिए ।
विद्यार्थीहरुकाे चौतर्फी विकासमा सहयोग पुग्ने एवं निहित प्रतिभा प्रस्फुटन गरी सानै उमेर देखि आफ्नो क्षमता चिनाउने उदेश्यले “मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२” आयोजना गरिएको बताउँदै विद्यालयका कार्यकारी प्रमुख शर्मिला देउजाले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयाेजना गरिएको कार्यक्रम प्रभावकारी बन्ने बताउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिदै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले जाेड दिदै आएको बताए ।











प्रतिक्रिया