ललितपुर ।
उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा ७४ जनालाई न्याने कपडा र पोषण प्याकेज प्रदान गरिएको छ ।
नगरपालिकाकाकी उपप्रमुख लक्ष्मी महर्जनले अहिलेसम्म वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर ९ का गरी ७४ जनालाई न्यानो कपडा र पोषण सामग्री वितरण गर्नु भएको हो । बाँकी रहेका वडाहरुमा क्रमशः निरन्तर न्यानो कपडा र पोषण सामग्री प्रदानको कार्यक्रम अघि बढाइने उपप्रमुख महर्जनले जानकारी दिनुभयो ।
उहाँले सुत्केरी आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिएर यो कार्यक्रमको शुरुवात गरिएको बताउनु भयो । उपप्रमुख महर्जनले आर्थिक वर्ष २०८२ मा १२५ जना सुत्केरी महिलालाई न्यानो कपडा र पोषण सामग्री वितरण गरिने उल्लेख गर्नुभयो । ̎सम्पूर्ण महिला सबैभन्दा पहिला,महिलालाई स्वास्थ्यमा प्राथमिकता, भन्ने अभियानका साथ उपप्रमुख महर्जनले सुत्केरी भेटघाट कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनु भयो ।
उहाँले महालक्ष्मीका १ देखि १० सम्म सबै वडामा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । नगरको ‘स्वच्छ, सफा, समृद्ध, सुन्दर– महालक्ष्मी नगर, भन्ने नारालाई सार्थकता प्रदान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने पनि उहाँको भनाई छ ।











प्रतिक्रिया