रसुवा ।
जिल्ला काे उतरगया गाउँपालिका वडा नम्बर ५ वेत्रावति स्थित पासाङल्हामु सडक खण्डमा विषेश सुराकिकाे आधारमा नेपाल प्रहरिले एम्बुलेन्स मा ल्याउदै गरेकाे ७० लाख ९२ हजार वरावरकाे हर्माेनाईजेसन नामक चिनियाँ चुराेट सहित मानिस लाई नियन्त्रण मा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका सुचना अधिकारी एवम् प्रहरी निरिक्षक रमेश रायका अनुसार चैत ६ गते करिव ८ वजेकाे समयमा उतरगया गा,पा ५ वेत्रावति स्थित पासाङल्हामु राजमार्ग सडकखण्डवाट अवैध रूपकाे चिनियाँ चुराेट एम्बुलेन्स वाट अेासारपसार हुदैछ भन्ने सुचनाकाे आघारमा बेत्रावति प्रहरी चाैकि बाट खटिएको प्रहरी टाेलि ले खानतलासी गर्दा रसुवा काे आमाछाेदिङमाे गा,पा ३ गत्लाङ स्वास्थ्य चाैकि काे एम्बुलेन्स रहेकाे र उक्त एम्बुलेन्स का चालक साेहि गाउँ बस्ने ४३ वर्षका दावा तामाङले चलाएकाे बागमति प्रदेश ०१००२ झ ७४२६ नम्बर काे एम्बुलेन्स तथा उक्त एम्बुलेन्स मा सवार व्यक्ति हरूलाई खानतलासी गर्दा एम्बुलेन्स काे पछाडि र अगाडि काे भागमा छिपाई ल्याएकाे अवस्थामा फेला परेकाे हाे ।
यस्तै पक्राउ पर्नेमा आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङ वस्ने ४३ वर्षिय दावा नुर्पु तामाङ चालक,वडा नम्बर ५ बस्ने २७ वर्षिय मार्कुस तामाङ,वडा नम्बर ५ वस्ने ३२ वर्षिय सुशील तामाङ,वडा नम्बर ५ काे ३६ वर्षिय सुनिता तामाङ रहेका छन ।
एम्बुलेन्स सहित हर्माेनाईजेसन नामक चिनियाँ चुराेट र उक्त मानिसहरूलाई प्रहरीले नियन्त्रण मा लिई थप अनुसन्धान भईरहेकाे सुचना अधिकारी रायले जानकारी दिनुभयाे ।चिनियाँ चुराेट ३ हजार ९ सय ४० वट्टा रहेकाे छ












प्रतिक्रिया