जापानले महिला एसियन कप २०२६ उपाधि जित्यो, फाइनलमा अस्ट्रेलिया १–० ले पराजित


सिड्नी, अस्ट्रेलिया ।

जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ।

फाइनलमा आयोजक अस्ट्रेलियालाई १–० ले हराउँदै जापानले तेस्रो पटक प्रतियोगिता जितेको हो।

खेलको पहिलो हाफमै जापानकी माइका हमानोले करिब १८ मिटर टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाइन्, जुन निर्णायक सावित भयो।

प्रतियोगिताभर जापानले २९ गोल गर्दै मात्र २ गोल खाएको थियो।

यस उपाधिसँगै जापानले नयाँ प्रशिक्षक निल्सनको नेतृत्वमा पहिलो पटक सफलता हात पारेको छ।

अस्ट्रेलिया भने तेस्रोपटक फाइनलमा जापानसँगै पराजित भएको हो; यसअघि सन् २०१४ र २०१८ मा पनि अस्ट्रेलियाली टोली जापानसँग पराजित भएको थियो।

घरेलु मैदानमा पराजित भएपछि अस्ट्रेलियाली खेलाडीहरू स्तब्ध देखिएका थिए।