काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ईद–उल–फित्रको अवसरमा देशमा सद्भाव, सहिष्णुता र आपसी सहकार्य आवश्यक रहेको बताएका छन्।
उनले भने, “धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।” बालेनले एकअर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै, ईदको अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन्।











प्रतिक्रिया