पहाड : समग्र नेपालकै कथा


ख्यातिप्राप्त अभिनेता तथा निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माणाधीन फिल्म पहाडको टिजर सार्वजनिक गरिएको छ। आगामी २०८३ साल वैशाख १ गते रिलिज हुने फिल्ममा युवा जनशक्ति विदेश पलायन हुदा खाली बन्न पुगेका पहाड तथा यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए।

‘पहाड एकदमै सुन्दर ठाउ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा र अग्रजले जीवन समर्पण गरेका छन्। तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलायन भएका छन्, रोजगारीका लागि बसाइ“ सरेका छन्। यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौ“’ फिल्म निर्माता, लेखक, गीतकार, छाया“कार र सम्पादकसमेत रहेका घिमिरेले भने ‘यो फिल्म समग्र नेपालकै कथा भन्दा हुन्छ।’

निर्देशक घिमिरेले वितरकस“ग छलफल गरेर नेपालस“गै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बा“की कामलाई पूरा गर्ने अवधि हिसाब गरी आगामी नया“ वर्षको दिन फिल्मको रिलिज डेट तय गरिएको बताए। निर्देशक घिमिरेले यसपटक बलिदानमा काम गरेका कलाकार मदनकृष्ण श्रेष्ठ, चिनोमा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि फिल्ममा प्रस्तुत गर्दैछन्।

‘फिल्मको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौ“ भनेर मैले प्रस्ताव गरे“। मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनुभयो, पुरानो समयलाई स्मरण गर्दै नया“ उत्साहका साथ काम गरेका छौ“। यसपटक दर्शकस“गै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रूपमा पुग्छ भन्नेमा विश्वस्त छु’, निर्देशक घिमिरेले उत्साहित हुदै भने।

पहाड भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायाकन गर्दै आएका छाया“कार प्रमोद प्रधानले छाया“कन गरेका छन्। प्रधानले निर्देशकको अन्याय, कोसेली, चिनो, दक्षिणालगायतका फिल्ममा सहकार्य गरेका छन्। भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरीद्वारा निर्मित तथा उत्तम रसाइलीद्वारा प्रस्तुत फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानिया“, उमा गिरीलगायतका कलाकारले अभिनय गरेका छन्।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु दिएका छन्। भारती घिमिरे क्रिएटिभ निर्माता रहेको फिल्ममा रञ्जित सिंह गजमेरको संगीत, कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ।