काठमाडौ ।
पोखरामा खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक ग्यास डिलरलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरस्थित भण्डारी ट्रेडर्समा ४८ थान भरिएका सिलिन्डर लुकाएर राखेको तथा एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने उपकरणसहित फेला परेपछि कारबाही गरिएको हो।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको प्रशासनले जनाएको छ। भेटिएका सिलिन्डर तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिइएको छ।












प्रतिक्रिया