काठमाडौँ ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा उक्त परिमाणमा मत बदर भएको हो।
उनका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो भने २०७४ सालको निर्वाचनमा ५.१८ प्रतिशत मत बदर भएको थियो।
यसअघि विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो। त्यस्तै २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको थियो।
आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको देखिएको छ।












प्रतिक्रिया