काठमाडौँ ।
कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरबका विमानस्थल हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीहरूले अब पर्यटक भिसाका लागि दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत अपोइन्टमेन्ट बुक गर्नुपर्ने भएको छ।
पश्चिम एसियाको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। दूतावासका अनुसार साउदी अरब हुँदै नेपाल यात्रा गर्ने नेपालीहरूले आवश्यक पर्ने पर्यटक भिसा आवेदन तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पेस गर्नुपर्नेछ।
उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा) मा रहेको छ। थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।













प्रतिक्रिया