आज १ बजे एमाले सचिवालय बैठक, समानुपातिक सांसद चयन मुख्य एजेन्डा


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठक अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बोलाइएको हो।

बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ। निर्वाचन आयोग ले समानुपातिक सूचीबाट सांसद चयनको सिफारिस गर्न आइतबारसम्मको समय दिएको छ।

यसै समयसीमाभित्र नाम टुंग्याउन सचिवालय बैठक बोलाइएको बताइएको छ।