रसुवामा निर्वाचन सुरक्षामा श्री श्रीनाथ गणद्वारा विशेष कडाइ

940
Shares

रसुवा जिल्लामा तैनाथ रहेको श्री श्रीनाथ गणले यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाभर सुरक्षा व्यवस्थामा विशेष कडाइ गरेको छ ।

निर्वाचन सुरक्षाको समग्र व्यवस्थापनका लागि जिल्लाका संवेदनशील तथा अतिसंवेदनशील क्षेत्रहरूको पहिचान गरी आवश्यकतानुसार सुरक्षा जनशक्ति परिचालन गरिएको छ। मुख्य बजार क्षेत्र, सदरमुकाम तथा घना बस्तीहरूका अतिरिक्त दुर्गम तथा विकट क्षेत्हरूरमा रहेका गाउँबस्तीहरूमा समेत स्थानीय नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नियमित पट्रोल सञ्चालन गरिएको छ।

श्री श्रीनाथ गणले पैदल, मोटरसाइकल तथा सवारी साधनमार्फत दिन तथा रात दुवै समयमा सुरक्षा कारबाहीलाई निरन्तरता दिएको छ। माघ २१ देखि जिल्लाका विभिन्न स्थानहरूमा निर्वाचन सुरक्षाका लागि व्यापक रूपमा परिचालन भई निगरानी तथा समन्वयात्मक गतिविधि सञ्चालन भइरहेको छ।

साथै, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाएको छ। आवश्यक परेमा तत्काल प्रतिकार्य गर्न सक्ने गरी तयारी अवस्थामा QRT सहित सम्पूर्ण फौज तयारि अवस्थामा रहेको छ।