विश्व वरीयतामा त्रिवि ९१९ स्थानमा

1.13k
Shares

फरक मापदण्ड फरक वरीयता : टायम्स हायर एजुकेसन १५ सयमाथि, यूएस न्युज डटकम ९१९ र सेन्टरफर वल्ड युनिभर्सिटी १६५७

कीर्तिपुर ।

विश्वका विश्वविद्यालयहरूको वरीयतामा त्रिभुवन विश्वविद्यालय ९१९ स्थानमा पुगेको छ । तीन छुट्टै निकायले गरेको वरीयतामध्ये यूएस न्युज डटकमले उक्त स्थानमा परेको हो । विभिन्न मापदण्ड पूरा गरी सो वरीयता हासिल गरेको हो । यूएस न्युज डटकमले सन २०२६ का लागि विश्वभरका करिब ४ हजार विश्वविद्यालयको वरीयता सार्वजनिक गरेको थियो ।

त्यस्तै, विश्वचर्चित टायम्स हायर एजुकेसनले ५ हजार विश्वविद्यालयको ¥याङकिङ गरेको थियो । त्यसमा त्रिवि १५ सयभन्दा माथिल्लो स्थानमा पुगेको छ । टाइम्स हायर एजुकेसनले विश्वभरका विश्वविद्यालयको अवस्थाबारे अध्ययन गरेको थियो । त्यस्तै, सेन्टर फर वल्ड युनिभर्सिटी ¥याङकिङले २२ हजार विश्वविद्यालयको वरीयता सार्वजनिक गरेको छ । विश्वव्यापी शैक्षिक संस्थाले गरेको उक्त वरीयतामा नेपाल १ हजार ६५७ स्थानमा परेको छ ।

तीन छुट्टै निकायले गरेको फरक फरक ढंगले वरीयता मापन गरेको थियो । त्यसमा नेपालको त्रिभुवन विश्वविद्यालय उत्कृष्ट बन्न सफल भएको छ । ‘नेपालका अन्य कुनै पनि विश्वविद्यालय वरीयतामा परेका छैनन् । हामी नै पहिलो हौं, सन् २०१९ देखि निरन्तर उत्कृष्ट वरीयतामा पर्न सफल भएका छौं’ – वरीयता समितिका संयोजक एवं भौतिक शास्त्र विभाग प्रमुख नारायण अधिकारीले भन्नुभयो । हाल त्रिविमा करिब ५ लाख विद्यार्थी अध्ययनरत छन् ।

सेन्टर फर वल्र्ड ¥याङकिङका अनुसार त्रिवि विश्वका शीर्ष ७ दशमलव ८ प्रतिशत विश्वविद्यालयमा पर्न सफल भएको छ । जुन गतवर्षको ८ दशमलव ३ प्रतिशतभन्दा सुधारिएको हो । यी वरीयताले त्रिविको निरन्तर प्रगतिलाई प्रतिविम्बित गरेको उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिनुभयो ।

टाइम्स हायर एजुकेशन, युएसन्युन र सेन्टर फर वल्र्ड युनिभर्सिटी ¥याङकिङले फरक–फरक मापदण्ड अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक रहेको कमिटीका संयोजक एवं भौतिक शास्त्र विभाग डीन डा. अधिकारीले बताउनुभयो । उहाँका अनुसार करिब डेढवर्ष लामो प्रक्रिया पूरा गरेर त्रिविलाई यो स्थानमा ल्याउन सफल भएको हो ।

टायम्स हायर एजुकेसनले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिने गरेको छ । यूएसन्युन डटकमले अनुसन्धान प्रतिष्ठा, प्रकाशन, सम्मेलन र उद्धरण प्रभावलाई प्राथमिकता दिने गरेको पाइन्छ । सेन्टर फर वल्र्ड ¥याङकिङले पूर्व विद्यार्थीहरूको सफलता, प्राध्यापकहरूको विशिष्टता र अनुसन्धानलाई आधार मानेको छ । यस्ता फरक मापदण्डहरूले त्रिविको बहुआयामिक क्षमताको मूल्याङ्कन गर्दछन् र हामीलाई सुधारका क्षेत्रहरू पहिचान गर्न सहयोग पु¥याउने संयोजक अधिकारीको भनाइ थियो ।

विश्वविद्यालयलाई वरीयतामा ल्याउन विद्यालयको भौतिक, शैक्षिक, प्रशासनिक अवस्था, शिक्षक–विद्यार्थी अनुपात आवश्यक रहन्छ । त्यसभन्दा पनि मुख्य आधार वार्षिक करिब एक हजार जर्नल प्रकाशित गर्नु अनिवार्य छ । ‘हामीले ‘तीन निकायले तोकेअनुसार छुट्टाछुट्टै मापदण्ड पूरा गरेकोले विश्व वरीयताको उत्कृष्ट स्थान आउन सफल भएका हांै’ –संयोजक अधिकारीले भन्नुभयो । समितिमा कविराज पौड्याल, रमेश पन्त, तारा अधिकारी र गोविन्द थापा संलग्न हुनुभएको थियो ।

त्रिविको वैश्विक छवि र ¥याङकिङमा उल्लेखनीय प्रगति गर्दै विषयगत वरीयतामा त्रिविको प्रदर्शन उत्कृष्ट रहेको दाबी गर्नुभयो । विशेष गरी चिकित्सा (मेडिसिन एन्ड हेल्थ) विषयमा त्रिवि विश्वका ६०१औं स्थान ल्याएको छ । जुन भारतका आधा दर्जनबाहेक अन्य विश्वविद्यालय भन्दा उत्कृष्ट ठहरिएको छ । यस उपलब्धिले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षालाई सम्भव भएको प्रमाणित गर्दछ । इन्जिनियरिङमा १ हजार वरपरको स्थान, शिक्षा अध्ययन, जीवन विज्ञान, भौतिक विज्ञान र सामाजिक विज्ञानहरूमा पनि त्रिवि भारतका थुप्रै विश्वविद्यालयसँग प्रतिस्पर्धी रहेको थिए । ती संस्थाले पहिलोपटक विषयगत वरीयता सार्वजनिक गरेको हो ।

विश्वविद्यालयको मूल्याङ्कनलाई विद्यार्थी संख्याबाट मात्रै नभई गुणस्तरीय अनुसन्धान, शिक्षण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र समाजमा पु¥याएको प्रभाव र योगदानबाट निर्धारण गर्ने लक्ष्य राखेको उपकुलपति प्राडा अर्यालले बताउनुभयो । रेक्टर प्राडा खड्ग केसीले पर्याप्त लगानी, रणनीतिक योजना र अन्तर्राष्ट्रिय सहकार्यमा थप बढावा दिई आगामी वर्षहरूमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको सूचीमा गरिमामय स्थान हासिल गर्ने विश्वास व्यक्त गर्ने बताउनुभयो । उहाँले सरकारले अनुसन्धानमा अत्यन्तै न्यून रकम उपलब्ध गराएको कारण थप उन्नति हुन कठिन रहेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले १० करोड मागेका थियौं, १ करोड रुपियाँ मात्र उपलब्ध भयो । यस्तो अवस्थामा त्रिविको गुणस्तर कसरी बढाउन सकिन्छ ?’ उहाँले अनुसन्धानमा रकम बढाउन सके त्रिविको वरीयता विश्वमै उत्कृष्ट हुने दाबी गर्नुभयो । त्रिभुवन विश्वविद्यालयको विश्वका विश्वविद्यालयहरूको वरीयतामा भएको सुधारका साथै विश्व वरीयता थप स्तरोन्नति गर्न गरेका प्रयत्नहरूका बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो ।

रेक्टर केसीले विद्यार्थी संख्या निरन्तर बढिरहेको र उच्च शिक्षाका समग्र सुधारमा आफूहरू प्रयत्नशील रहँदा कतिपयले विश्वविद्यालयका सन्दर्भमा गलत भाष्यसमेत बनाएको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले विगत एक दशकमा त्रिविमा २ लाख विद्यार्थी वृद्धि भएको दाबी गर्नुभयो ।

रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले विद्यार्थीहरूको आकर्षण बढिरहेको, त्रिविभन्दा कमस्तर र वरीयताका विश्वविद्यालय अध्ययन गर्न नेपालीहरू विदेशिएकाले सरकारले त्रिविभन्दा कम वरीयताका विश्वविद्यालयहरूलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)बन्द गर्नुपर्ने धारणासमेत व्यक्त गर्नुभएको थियो ।

उपकुलपति अर्यालले अनुसन्धानमा लगानी वृद्धि, उद्धरण र अन्तर्राष्ट्रिय सहकार्य, शिक्षण वातावरणको आधुनिकीकरण, सूचना प्रविधि आधारित शिक्षणलाई विस्तार गर्ने, पाठ्यक्रमलाई अनुसन्धान–केन्द्रित बनाउने र शिक्षक–विद्यार्थी अनुपात सुधार्ने, उद्योग सहकार्य, डिजिटल उपस्थिति मजबुत बनाउने मुख्य आधार रहेको जानकारी दिनुभयो । अनुसन्धानमा लगानी वृद्धि गर्ने, अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने, शिक्षण वातावरणलाई आधुनिकीकरण गर्ने, उद्योगहरूसँगको सहकार्य बढाउने र डिजिटल उपस्थितिलाई मजबुत बनाउने बताउनुभएको थियो ।