काठमाडौ ।
हाल देशमा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले पहाडी तथा हिमाली भूभागमा सामान्य बदली भएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु देखिने सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने अनुमान गरिएको छ।











प्रतिक्रिया