एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित फिल्म चमेलीको पोइ पूर्वघोषित मितिमा रिलिज नहुने भएको छ।
फिल्म रामनवमीका अवसर पारेर आगामी चैत्र १३ गते रिलिज गरिने तयारी गरिएको थियो। तर देशको वर्तमान राजनैतिक स्थिति तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरी पूर्वघोषित मितिमा फिल्मको रिलिज स्थगित गरिएको निर्देशक बोहराले जानकारी गराए।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्म निर्देशक बोहराको टिमले अत्यन्तै मिहिनेतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेको निर्माता रामनारायण उपाध्यायले जनाएका छन्। केही समयअघि सार्वजनिक फस्र्टलुक पोस्टरबाट चर्चा पाएको फिल्म प्रदर्शनका लागि आफूहरू शान्तिपूर्ण माहौलको पर्खाइमा रहेको उनले जनाएका छन्।
निर्देशक बोहराकै कथा, शिवम् अधिकारीको पटकथा तथा शेरबहादुर तामाङको छाया“कन रहेको फिल्म सुनिता सापकोटा र रामनारायण उपाध्यायले निर्माण गरेका हुन्। उदयविक्रम राणा, ऋतु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता तथा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदिप कु“वर सहनिर्माता रहेको फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, ऋतु मल्ल ठकुरीलगायतले अभिनय गरेका छन्।











प्रतिक्रिया