पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपातको सम्भावना


काठमाडौं ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्नेछ। हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीसँगै एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।