काठमाडौं ।
नेपाली कांग्रेस ले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ। बुधबार जनकपुर मा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिन बिहीबार दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृह मा कार्यक्रम गर्न लागिएको हो।
‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नाम दिइएको उक्त कार्यक्रममा सभापति गगन थापा सहभागी हुनेछन्। प्रतिज्ञापत्रसम्बन्धी देशविदेशबाट आएका प्रश्नको जवाफ सभापति थापाले प्रत्यक्ष दिने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसे ले जानकारी दिए।
उनका अनुसार ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षिप्त जानकारी प्रस्तुत गरिनेछ भने प्रविधिको प्रयोग गरी संसारभरिबाट प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ।











प्रतिक्रिया