काठमाडौं ।
अरनिको राजमार्ग अन्तर्गत बनेपाको दूरसञ्चार कार्यालय नजिक बुधबार बिहान टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा एक जना घाइते भएका छन्। घटनापछि स्थानीयवासी आक्रोशित बन्दै क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो। सडक अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया