पश्चिमी वायुको प्रभाव: उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावले तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी प्रदेशसहित अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति पनि तराईका थोरै स्थानमा तुवाँलो रहने र केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।