कञ्चनपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा राज्य असफल भएको टिप्पणी गरेकी छन्। चुनावी अभियानका क्रममा सुदूरपश्चिमको कञ्चनपुर पुगेकी उनले दोषी अझै पत्ता नलाग्नुले देशको शासकीय र नैतिक संकट देखाएको बताइन्।
ओलीले भनिन्, “निर्मलाले न्याय पाइनन् आज ७ वर्ष ६ महिना २१ दिन भइसक्यो। यो केवल परिवारको पीडा होइन, हाम्रो राज्य प्रणालीमाथि प्रश्नचिन्ह हो।” उनले वर्तमान राजनीतिक नेतृत्व धर्म र नैतिक मूल्यभन्दा बाहिर भएको कारण न्याय हराएको आरोप पनि लगाइन्।
साथै उनले सुदूरपश्चिमको जडीबुटी स्रोतको सही सदुपयोग हुन नसकेको बताएर स्थानीय स्तरमै प्रशोधन केन्द्र खोल्नुपर्ने आवश्यकता औंल्याइन्। यसले रोजगारी सिर्जना गर्ने र क्षेत्रीय अर्थतन्त्रमा सुधार ल्याउने उनको तर्क छ।











प्रतिक्रिया