काठमाडौँ।
भोजराज पोखरेलले निर्वाचनको पारदर्शिता कायम गर्न गरिएका प्रयासहरू अझै पर्याप्त नभएको बताउनुभएको छ। वर्तमान निर्वाचन प्रणालीमा बढ्दो खर्चले गम्भीर चुनौती सिर्जना गरेको उल्लेख गर्दै उहाँले ‘ढोका’ भन्दा ‘झ्याल’ बाट हुने खर्च तीव्र रूपमा बढिरहेको टिप्पणी गर्नुभयो।
उहाँका अनुसार निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आचारसंहिताको कडाइका साथ पालना अनिवार्य छ। दुई व्यक्ति, राजनीतिक दल र उम्मेदवारबीच हुने भित्री साठगाँठ तथा अनौपचारिक कारोबारलाई उजागर गर्नु राष्ट्रिय क्षमताका लागि ठूलो चुनौती बनेको पनि उहाँले बताउनुभयो।











प्रतिक्रिया