कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने


काठमाडौँ।

कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बैठक बसेर कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

वैशाख १४ गतेदेखि शुरु हुने परीक्षा २७ गतेसम्म संचालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको हाे ।

त्यसअघि एसईईको परीक्षा आगामी चैत्र १९ गतेदेखि सञ्चालन हुने भएकाे छ ।

Notices-202602171026242890