काठमाडौं ।
नेपालको निर्माण तथा भवन क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो–९ भृकुटीमण्डपमा जारी छ। फागुन २२ देखि २५ गतेसम्म सञ्चालन भइरहेको ११ औँ संस्करणमा आगन्तुकहरूको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा निर्माण सामग्री, मेसिनरी, प्रविधि, डिजाइन तथा पूर्वाधारसम्बन्धी नवीनतम उत्पादन र सेवाहरू प्रदर्शनमा राखिएका छन्। नेपालसहित भारत, चीन, जर्मनी, बेलायतलगायत देशका सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहेको छ।
मिडिया सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार प्रदर्शनीले व्यवसायिक नेटवर्क विस्तार, नयाँ प्रविधिको जानकारी र व्यावसायिक अवसर खोज्न महत्वपूर्ण भूमिका खेलेको छ।











प्रतिक्रिया