काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ–१ का प्रतिनिधिसभा उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा झुटा र भ्रामक सामग्री फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
झुटो विवरण तयार गरी धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गर्दै मानमर्दन तथा सामाजिक सौहार्दता खल्बल्याउने उद्देश्यले सामग्री प्रचार गरिएको आरोप लगाउँदै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको मागसहित वाग्लेले उजुरी दर्ता गराएका हुन्।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले वाग्लेबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अध्ययन तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उजुरीमा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत नक्कली र भ्रामक सामग्री प्रसारण गरिएको उल्लेख गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ।











प्रतिक्रिया