कीर्तिमान राखेपनि अल्काराज ग्राफसँग पछाडि

0
Shares

स्पेनका उदीयमान टेनिस खेलाडी कार्लोस अल्काराजले २२ वर्षको उमेरमा हरेक वर्ष हुने चारै वटा ग्रान्डस्लाम जितेका छन् । टेनिसतर्फ हरेक वर्ष हुने चार ग्रान्डस्लाम प्रमुख र प्रतिष्ठित प्रतियोगिता मानिन्छ । यसैले अल्काराजले अहिले छोटो उमेरमै पाएको यो सफलतालाई विश्व टेनिसमा अर्थपूर्ण मानिएको छ ।

यी चार ग्रान्डस्लाम प्रतियोगिता अलग अलग कोर्टमा हुने गर्दछ । जस्तै, अस्टे«लियन ओपन हार्ड कोर्टमा हुन्छ भने फ्रेन्च ओपन क्लेकोर्टमा हुन्छ । त्यस्तै विम्बल्डन ग्रासकोर्टमा र यूएस ओपन सिमेन्ट कोर्टमा हुन्छन् ।

यसैले यी अलग–अलगका कोर्टमा कोही खेलाडीले उपाधि जित्छन् भने ती खेलाडीलाई लिजेन्ड मानिन्छ । यो असाधारण काम अल्काराजले गरेका छन् त्यो पनि २२ वर्षको उमेरमा । उनी यी चारै प्रमुख उपाधि जित्ने पुरुषतर्फ कान्छो खेलाडी बने ।

अल्काराज समग्रमा भने महिला खेलाडीसँग पछि परेका छन् । उनी जर्मनीका पूर्व खेलाडी स्टेफी ग्राफसँग पछि परेका हुन् । अल्काराजले वर्षमा हुने चारै वटा ग्रान्डस्लाम उपाधि जुन उमेरमा जिते त्यो उपलब्धि ग्राफले २० वर्षको उमेरमै जितिसकिन् ।

करिअरमा २२ ग्रान्डस्लाम जितेकी उनले सन् १९८८ मा अस्टे«लियन, फ्रेन्च, विम्बल्डन र यूएस ओपनमा उपाधि हात पारेकी थिइन् । यसका साथै सोही वर्ष सम्पन्न सोल ओलम्पिकको महिला सिंगल्स टेनिसमा उनले गोल्ड मेदलसमेत जितेकी थिइन् । ग्राफको यो उपलब्धिलाई गोल्डेन स्लाम भनिएको थियो । जुन, अहिलेसम्म यस किसिमको उपलब्धि कोही खेलाडीले पनि हासिल गर्न सकेका छैनन् ।

यसैगरी, अल्काराजले २२ वर्षको उमेरमा ७ वटा ग्रान्डस्लाम उपाधि जितेर नोभाक जोकोभिच, रोजर फेडेरर, राफायल नाडालजस्ता लिजेन्ड खेलाडीलाई समेत छायामा पारे । तर, ग्राफसँग तुलना गर्दा अल्काराज अझै पछि नै छन् ।

ग्राफले अल्काराजको उमेरभन्दा पहिले नै ७ वटा ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । उनले २० वर्षकै उमेरमै यो उपलब्धि हासिल गरिन् भने अल्काराजको अहिलेको उमेरमा त उनले १० वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी थिइन् ।

स्टेफी ग्राफ १० (१९९१) (१९९९ सम्ममा २२ ग्रान्डस्लाम)

कार्लोस अल्काराज ७ (२०२६) (२०२६ सम्ममा ७ ग्रान्डस्लाम)

राफायल नाडाल ६ (२००९) (२०२२ सम्ममा २२ ग्रान्डस्लाम)

सेरेना विलियम्स ६ (२००३) (२०१७ सम्ममा २३ ग्रान्डस्लाम)

रोजर फेडेरर ३ (२००४) (२०१८ सम्ममा २० ग्रान्डस्लाम)

नोभाक जोकोभिच १ (२००८) (२०२६ सम्ममा २४ ग्रान्डस्लाम)