जीतेन्द्र नारायण देवद्वारा एमाले परित्यागको घोषणा


काठमाडौँ।

नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले एमाले छाडेको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा देवले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ धकेलिएको आरोप लगाएका छन् । साथै, स्वेच्छाचारी र विभेदकारी शैलीमा पार्टी सञ्चालन गरिएको उनकाे दाबी छ।

एमालेको विचार, नीति र व्यवहारसँग सहमत हुन नसकेर पार्टी परित्याग गर्न बाध्य भएको देवको भनाइ छ। उनले ‘जेनजी आन्दोलन’लाई विदेशी षड्यन्त्रका रूपमा चित्रण गरिएकोप्रति पनि आपत्ति जनाएका छन् । देव दुई वर्षअघि नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थियाे।