मुगुमा चुनावी प्रतिस्पर्धामा युवाको हाबी

658
Shares

मुगु। 

एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। उनीहरू २४ वर्षदेखि ६८ वर्ष उमेर समूहका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारहरूमा सबैभन्दा कम उमेरका राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटा छन् भने सबैभन्दा बढी उमेरका नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाही ६८ वर्ष पुगेका छन्।

मुगुमा एक मात्र निर्वाचन क्षेत्र भएकाले जिल्लामा ३४ हजार ३९१ मतदाता रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार जिल्लामा ४९ मतदान केन्द्र र ६० मतदान स्थल रहेका छन्।

नेपाली कांग्रेसबाट खड्कबहादुर शाही ४५ वर्ष, नेकपा (एमाले) का पूर्णबहादुर रोकाया ४८ वर्ष, नेकपा (नेकपा) बाट चन्द्रबहादुर शाही ६८ वर्ष, राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटा २४ वर्ष आदि प्रमुख उम्मेदवारहरू छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रगवीर परियार   र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐट्नकुमार मल्ल पनि ३५ देखि ४०  वर्ष भित्र पर्दछन् जिल्लामा पुराना भन्दा नयाँ युवा पुस्ता  माथि भरोसा भयपनि ठला दलमा भने ४० कटेका मध्यम अवशेताका उम्मेदवार रहेका छन् । हाम्रो जिल्ला युवाको नेतृत्व  युवाको आपाज भष्र्टचारको अन्त्य भन्दै उम्मेदवारले चुनावी प्रतिस्पर्धामा बस्ती बस्ती चहार्न थालेका छन् ।