ललितपुर ।
ललितपुर क्षेत्र नं २ नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम बहादुर महर्जनले आगामी निर्वाचनमा आफूले विजय हाँसिल गरेपछि कोडकुखोला तथा कर्मनाशा र गोदावरी खोलामा करोडौँको बजेट हालेर काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सो खोलबाट बर्षैपपिच्छे नजिकका बस्तीमा पानी पस्ने र उहाँहरु डुवानमा पार्ने भएकाले सोको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको हो ।
उक्त खोलबाट आएको पानीले हरेक वर्ष सो जिल्लाका हात्तीवन, धापाखेल, नख्खु, बालकुमारी, ग्वार्को, इमाडोल र टिकाथलीको केही क्षेत्रमा बसोवास गर्ने मानिस प्रभावित हुने गरेका छन् । सो समस्या समाधान गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूले सफलता प्राप्त गर्न जरुरी रहेको महर्जनको भनाई रहेको छ ।
चालु आर्थिक वर्ष २०८२÷२०८३ मा करोडौँको बजेट ल्याएर सो क्षेत्रमा काम गर्न लागि पर्दा अर्थ मन्त्रालयले रोकेका कारण अबको निर्वाचनमा सफलता प्राप्त गर्नुनै सो कामको पूर्णता हुनु महर्जनको बुझाई छ ।
सो क्षेत्रबाट गत २०७९ मंसिर ५ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूले जित हाँसिल गरेपछि मुलुकको शिर उच्च बनाउने र जनताको हितमा थुप्रै काम गर्दै गर्दा पुरै समय नपुगी पुनः निर्वाचन आएकाले बाँकी रहेका काम आसन्न निर्वाचन पछि पुरा गर्ने महर्जनले दाबी गर्नुभएको छ ।
विगतमा आफूले जनतासमक्ष गरेका केही वाचा पुरा गर्न बाँकी रहेकाले सो कामलाई पूर्णता दिन पुनः एकपटक सूर्य चिन्हमा मतदान गर्न महर्जनले जनतालाई आग्रह गर्नुभएको छ ।
गत निर्वाचमा सफलता प्राप्त गरेपछि आफ्नो कार्यकालको दुई वर्षभित्रमा मुलुककै राष्ट्रिय गौरवको “ग्वार्को फलाइओभर” को काम सम्पन्न गराउन महर्जन सफल हुनुभएको छ ।
आज ग्वार्को फलाइओभरका कारण मानिसले यात्रा गर्न खप्नुपरेको जामको समस्या समाधान भएको छ । आज सो सडक हुँदै चक्रपथ यात्रा गर्ने मानिसले समयमै आफ्नो कार्यथलोमा पुग्न सफल भएका छन् ।यसका साथै महर्जनले मतदातामाझ अगामी निर्वाचनमा विजय प्राप्त गरेपछि आफ्नो क्षेत्रमा रहेको खानेपानीको समस्या तथा बाँकी रहेको सडक कालोपत्र गर्ने काम पूर्ण गराउने वचनवद्धता गर्नुभएको छ ।
विकासप्रेमी नेता महर्जननै क्षेत्र नं २ का भविष्य रहेको भनाइका साथ यहाँका जनताले उहाँलाई दहिको सगुनका साथै टिका, माला, खादा लगाइदिएर अग्रीम विजयको शुभकामना व्यक्त गर्नुभएको छ ।हाल महर्जनलाई विजय गराउँन सो क्षेत्रका जनता आ–आफ्नै तर्फबाट लागि पर्नुभएको छ ।
ललितपुरको हात्तीवनस्थित कर्मनाशा खोला पर्छ । कर्मनाशा नेपालको एकमात्र उत्तर तर्फ बग्ने खोला हो ।सो खोलाहरुमा अतिक्रमण निरन्तर अघि बढिरहेको छ । सोको समाधान गर्ने काम अब बन्ने जनप्रतिनिधिको हातमा रहने छ ।उक्त खोलमा अतिक्रमण मात्रै होइन् सरसफाईमा पनि विशेष ध्यान दिनु पर्नेछ ।विगतको निर्वाचनमा महर्जन सो क्षेत्रबाट कूल १५ हजार २५ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।












प्रतिक्रिया