नेपाली संगीत क्षेत्रमा आफ्नै शैली र सिर्जनात्मक पहिचान बनाउ“दै आएका गायक, गीतकार तथा संगीतकार शिशिर योगी अब भने डिजे गीतका साथ दर्शकमाझ प्रस्तुत भएका छन्।
उनले हालै मात्र सार्वजनिक गरेको मेरी काली बोलको यो गीतले आधुनिक बिट्स र नेपालीपनको संयोजन प्रस्तुत गरेको छ। विशेषगरी सुगम संगीत, सामाजिक तथा देशभक्तिका गीतमार्फत दर्शकमाझ परिचित शिशिरले गाएको यो गीतमा शब्द र संगीत तीनै पक्ष उनकै रहेको छ। गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी श्यामश्वेत रसाइलीले सम्हालेका छन्।
शिशिर योगी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतस“गै लिरिकल भिडियो समेत सार्वजनिक गरिएको छ। भिडियो निर्माण तथा कन्सेप्ट लोकेश भाटको छ।











प्रतिक्रिया