काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा पूर्णतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बादल देखिएको छ। बागमतीका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने र एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने र केही स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया