एक्सेल्सियर कपमा ८२ टोली


काठमाडौं ।

द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टोलीले भाग लिने भएका छन् ।
बास्केटबलमा २६ र फुटसलमा ५६ टोलीको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार जानकारी गराए ।

बास्केटबलको सिनियर ब्वाइज÷गल्र्समा समान १०–१० तथा यु–१२ गल्र्समा ६ टोली सहभागी हुने छन् ।
यसैगरी फुटसलतर्फ फाइभ ए साइडको ब्वाइजमा यु–९ मा ८, यु–११ मा १७, यु–१३ मा १८ र यु–१६ मा १३ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

आयोजककै हातामा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान लगाइएको छ ।