“राष्ट्रपतिद्वारा बाहिनी उत्कृष्ट अवार्ड प्रदान”


काठमाडौँ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा माघ ९ गते प्रधान कार्यालय हलचोकमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक हुनुभएको छ ।

प्रमुख अतिथिका रूपमा सहभागी राष्ट्रपति पौडेलले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको २५ वर्षे यात्रा त्याग, समर्पण र साहसले लेखिएको गौरवशाली इतिहास भएको उल्लेख गर्नुभयो ।

समारोहमा सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीले सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो । गृहमन्त्री ओमप्रकाश अर्यालले संगठनलाई प्रविधिमैत्री र सीमामा केन्द्रित विशिष्ट सुरक्षा फौजको रूपमा विकास गर्ने सरकारको रणनीति रहेको बताउनुभयो ।

समारोहमा राष्ट्रपति पौडेलले उत्कृष्ट बाहिनी अवार्ड तथा प्रधानमन्त्री कार्कीले एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नुभएको थियो । साथै सहिद स्मारक उद्घाटन र सशस्त्र प्रहरी बल नेपालको इतिहास पुस्तक लोकार्पण समेत सम्पन्न भएको छ ।