अध्यादेश नल्याइएपछि महावीर पुन चुनावी मैदानमा


काठमाडौँ ।

निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन अध्यादेश ल्याउन सहयोग नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्। शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा, विज्ञान र प्रविधिमा संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गरेका छन्।

राष्ट्रपति र संसद्को विधान समितिले प्रस्तावित अध्यादेश तथा नियमावली स्वीकार गरेको भए आफू चुनाव नलड्ने उनको भनाइ छ। विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठन गर्ने प्रस्ताव पनि रोकिएपछि चुनावमा जाने निर्णय गरेको पुनले बताएका छन्। उनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचार गर्ने बताएका छन्।