बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

3.67k
Shares

बझाङ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बझाङ जिल्लाको सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालय उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन कार्यक्रम औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत बनेपालीले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि तोकिएको कार्यतालिका अनुसार अघि बढाइने उल्लेख गरेका छन् ।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान वनेपालीकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा प्रमुख अतिथि बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कैलास बहादुर ठकुराठी रहेका थिए । जिल्लास्थित सुरक्षा निकायका प्रमुख,लगायत पत्रकार,जिल्ला स्थित कार्यालय प्रमुखहरूकाे उपस्थिति रहेको थियाे ।