काठमाडौँ ।
निर्वाचन आयोगले आगामी निर्वाचन र निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबार आयोगमा आचारसंहिता कार्यान्वयनसम्बन्धी छलफल हुँदैछ । छलफलपछि आचारसंहिता कहिलेबाट लागू हुने भन्ने निर्णय हुने उनले जानकारी दिए ।
आचारसंहिता छलफलका कारण आज नियमित रूपमा हुने प्रेस मिट नहुने पनि आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ भने उम्मेदवारी मनोनयन माघ ६ गतेका लागि तय गरिएको छ ।











प्रतिक्रिया