काठमाडौँ।
काठमाडौंको सितापाइलामा ट्राफिक सप्ताह अन्तर्गत आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् ।
जसमा यात्रुवाहक बसका चालक ३ जना र भाडाको ट्याक्सी चालक १ जना रहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण व्युरोबाट खटिएको संयुक्त टोलीले आज दिउँसो १८ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ४ ओटा सवारी साधनका चालकले लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको हो ।
नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्।











प्रतिक्रिया