विराटले सांगकारालाई पछि पारे


न्युजिल्यान्डसँगको वानडे सिरिजअन्तर्गत पहिलो खेलमा भारतका विराट कोहलीले श्रीलंकाका कुमार सांगकारालाई पछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउनेमा विराटले सांगकारालाई पछि पारेका हुन् । न्युजिल्यान्डविरुद्ध ४२ रन बनाएसँगैं उनी दोस्रो स्थानमा उक्लिए ।

सर्वाधिक रन बनाउने सूचीमा उनको अघि भारतकै सचिन तेन्दुलकर रहेका छन् । सचिनले ३४,३५७ रन बनाएका छन् । जबकी विराटले २८,०१७ रन र सांगकाराले २८,०१६ रन बनाएका छन् । विराटले सचिनको रेकर्ड तोड्न अझै ६ हजारभन्दा बढी रन बनाउनु पर्नेछ । यो क्रिकेटको तीनै फरम्याट टेस्ट, वानडे र टी २० मा बनाएको स्कोर हो ।