नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु


काठमाडौँ ।

काठमाडौँमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन्।

प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि भृकुटीमण्डपस्थित स्टलहरूबाट सुरु हुनेछ। दर्ताका लागि परिचयपत्र, एकप्रति पासपोर्ट साइज फोटो र एक हजार रुपैयाँ शुल्क आवश्यक पर्ने जनाइएको छ।

महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुने छ। दुई दिने विशेष महाधिवेशन गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको हो।