१० एसपी एसएसपीमा बढुवा सिफारिस(नामावलीसहित)


काठमाडौँ ।

नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ । बुधवार राति बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाको पहिलो नम्बरमा राम प्रकाश शाह रहेका छन् । त्यसैगरी एसपीहरू भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मार्फत प्राविधिकतर्फका दुई दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको र मन्त्रिपरिषद्को निर्णयबाट एक पद थप भएपछि कुल १० जनालाई बढुवा सिफारिस गरिएको हो ।