सवारी दुर्घटनामा परी २ जनाको मृत्यू, २ जना घाईते

2.35k
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ होक्सेको मदन भण्डारी लोकमार्गमा आइतबार राती साढे ८ बजेतिर सिमेन्ट मसला घोल्ने मिक्स्चर मेसिन बोकेको एक ट्रयाक्टर दूर्घटना हुँदा २ जनाको ज्यान गएको छ घने २ जना घाइते भएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आइतबार राती त्रियुगा न.पा. वडा नं ०७ होक्से स्थित मदन भण्डारी लोकमार्गमा होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नं. को ट्याक्टर सिमेण्ट घोल्ने मिक्चर मेसिन जडान भएको आफै ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार २ जनाको मृत्यू भएको र २ जना घाईते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाईते भएका त्रियुगा नगरपालिका वडा नंवर ०६ जलजले बस्ने बर्ष ४३ को राजा हुसेन अली र सोही वडा नं ०६ मोहनपुर बस्ने बर्ष २६ की आशा सदाको सोही दिन जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका वडा नं ०६ मोहनपुर बस्ने बर्ष ४० की समिद्रा सदाको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

साथै त्रियुगा नगरपालिका वडा नंवर ०६ जलजले बस्ने बर्ष ४५ को शम्भु सदा जिल्ला अस्पताल उदयपुरमा उपचार पश्वात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रियुगा न.पा. वडा नं ०६ बगरटोल बस्ने वर्ष ३० को बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले निजको खोजतलास भइरहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।