विघटीत प्रतिनिधिसभा चुनावको मिती नजिकिँदै जाँदा समानुपातिक प्रणालीअन्तर्गत महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चितताको दाबी गर्दै विभिन्न ६४ राजनीतिक दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
दलहरुले बुझाएको समानुपातिकको विभिन्न क्लस्टरमा फिल्म, गीत संगीत, नाट्य, फेशन क्ष्ँेत्रबाट चर्चित नामहरु पनि समावेश छन्। समानुपनतिक उम्मेदवारमा सबैभन्दा बढि कलाकर्मी समेट्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। जसले बुझाएको १ सय १० जना उम्मेदवारको सूचिमा आधा दर्जन कलाकर्मी रहेका छन्।
कुलमान घिसिङ संरक्ष्ँक रहेको उज्यालो नेपाल पार्टीसँगको एकतापश्चात राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साहसहितको समूहलाई समेटेर निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचिमा कलाकर्मीको दबदबा देखिएको छ। सूचिमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट चौथो स्थानमा छिन् भने गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट सूचीको दोस्रो स्थानमा रहेका छन्। क्लस्टरको पहिलो स्थानमा पेशाले चिकित्सक रहेका मोडल तथा अभिनेता रुपक विश्वकर्मा (आयुष्मान) छन्। फिल्म चकलेटका अभिनेता समेत रहेका उनी सिस्टर नेपालका विजेता हुन्।
दलित महिला क्लस्टरबाट पहिलो स्थानमा टेलिभिजन कार्यक्रम सञ्चालिका, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा छिन्। गायिका सत्यकला राई पनि समानुपाति सूचिमा छिन्। रास्वपासँग एकिकरणअघि उज्यालो नेपाल पार्टीले क्यूएफएक्स प्रमुख नकिम उद्दिनलाइ पनि उम्मेदवारको रुपमा सिफारिस गरेको थियो तर रास्वपाले बुझाएको सुचिमा भने उनको नाम उल्लेख छैन। रास्वपाले बन्द सूचिमा बुझाएका कतिपय उम्मेदवारी विवादमा समेत परेको छ। जसका कारण मुस्लिमतर्फको समानुपातिक सूचिमा परेका अभिनेता तथा टेलिभिजन होस्ट आसिफ शाहले उम्मेदवारबाट नाम फिर्ता लिई प्रत्यक्षतर्पm उम्मेदवारी दिने बताएका छन्। उज्यालो नेपालको तर्पmबाट आदीवासी महिलातर्फ पा“चौ नम्बरको समानपातिक सूचिमा रहेकी गायिका डा. त्रिशला गुरुङले पनि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन्।
त्यस्तै नेकपा एमालेले बुझाएको समानुपातिकतर्फको बन्द सूचिमा गायिका कोमल वलीलाई खस आर्य महिलातर्फ समावेश गरिएको छ। त्यस्तै गीतकार तथा गायिका भूमिका सुब्बालाई पनि एमालेले जनजाती महिलाको सूचीमा समावेश गरेको छ। उनी लामो समयदेखि नेकपा एमालेको जन सांस्कृतिक महासंघमा आवद्व थिईन्। कलाकार अञ्जना शाक्यलाई पनि एमालेले आदीवासी जनजातीअन्र्तगत बन्द सूचिमा समावेश गरेको छ।
त्यस्तै राप्रपाबाट मोडल खुस्बु ओली महिला खस आर्यतर्फको समानुपातिकमा परेकी छन् भने राप्रपाबाटै मोडल तथा अभिनेता पुष्पराज पुरुष खस आर्यतर्फ समानुपातिकमा परेका छन्। त्यस्तै अभिनेत्री एवम मोडल एलिजा गौतम आम जनता पार्टीले बुझाएको समानुपातिकतर्फको सूचिमा पहिलो नम्बरमा छिन्। उनी खस आर्यतर्फ महिला क्लस्टरको पहिलो नम्बरमा परेकी हुन्। निर्माता वितरक तथा अभिनेता करण श्रेष्ठ क्रेजी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बन्दसूचीमा परेका छन्। उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवार सिफारिस भएका हुन्।











प्रतिक्रिया