भेनेजुएलाका राष्ट्रपति मादुरो अमेरिकी हिरासतमा, अब के होला ?


वासिङ्टन।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतमा लिइएको दाबीपछि अन्तर्राष्ट्रिय राजनीतिमा तरंग आएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग फोन संवाद गरेपछि एक रिपब्लिकन सिनेटरले मादुरो पक्राउ परेको पुष्टि गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले “भेनेजुएलाविरुद्ध ठूलो आक्रमण” गरेको र त्यस क्रममा राष्ट्रपति मादुरो तथा उनकी श्रीमतीलाई पक्राउ गरिएको दाबी गरेका छन्।

रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री रुबियोसँगको टेलिफोन कुराकानीपछि मादुरो अमेरिकी हिरासतमा रहेको पुष्टि गरेका हुन्। उनका अनुसार मादुरोलाई अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाइने तयारी भइरहेको छ।

सिनेटर लीले भने, “मादुरो अहिले अमेरिकी हिरासतमा रहेकाले भेनेजुएलामा थप कुनै सैन्य वा राजनीतिक कारबाही हुने अपेक्षा गरिएको छैन।”

मादुरोको पक्राउसम्बन्धी यो दाबीपछि भेनेजुएलाको राजनीतिक भविष्य र त्यसको क्षेत्रीय प्रभावबारे चासो बढेको छ। बीबीसी