नेपाल मेडिकल काउन्सिलको निर्वाचन : १० हजार मत गणना, उपाध्यक्षमा कुञ्जाङ शेर्पाको अग्रता


काठमाडौं । 

नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत अस्तिदेखि जारी मतगणनामा १० हजार मतको परिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार हालसम्म गणना भएको मत परिणाममा उपाध्यक्ष पदतर्फ डा. कुञ्जाङ शेर्पाले अग्रता कायम राखेका छन्।

उनले ४ हजार २ सय ३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डा. गुरुशरण साहले ३ हजार ८ सय १६ मत पाएका छन्। यस्तै, सदस्य पदतर्फ डा. छविलाल पन्थी पहिलो स्थानमा रहेका छन्।

हालसम्मको मत परिणाम यस प्रकार छः उपाध्यक्ष पद डा. कुञ्जाङ शेर्पा – ४,२३३ डा. गुरुशरण साह – ३,८१६ सदस्य पद डा. छविलाल पन्थी – ४,१५२ डा. सारिका गोइत – ३,९४० डा. दीपेन्द्र पाण्डे – ३,३१८ डा. युविनकुमार यादव – ३,१७९ डा. सम्राट पराजुली – २,८५२ डा. अस्मिता पोखरेल – २,७८० डा. रविन बस्नेत – २,५६१ डा. कुम्भराज जोशी – २,५४४ डा. नीना राई – २,५३६ डा. घनश्याम पाण्डे – २,५०१ निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया जारी रहेको र बाँकी मत गणनापछि अन्तिम परिणाम सार्वजनिक गरिनेछ।