रमिताको पिरती तिमी भए काफी


फरक विषयवस्तु र प्रस्तुतिका कारण चर्चामा रहेको प्रदर्शोन्मुख फिल्म रमिताको पिरतीमा समावेश गीत तिमी भए काफी हालै ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

आगामी माघ २३ गते रिलिजमा आउने फिल्मको सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठले रोमान्स गरेका छन्। थाइल्याण्डको रमणीय लोकेसनमा आना र समीर रोमान्टिक देखिएका छन्। फिल्मको कोरियोग्राफी, सिनेमाटोग्राफी लोभलाग्दो छ। गीतको भिडियोमा आना र समीरको सामीप्यतालाई बलियो रूपमा प्रस्तुत गरिएको छ। समीरकै स्वर रहेको गीतमा शाश्वतको संगीत छ।

सुदीप्ताको निर्देशन र सागर लम्सालको निर्माणमा बनेको फिल्ममा आना शर्मा, धीरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामालगायतका कलाकारले अभिनय गरेका छन्। सुदीप्ताकै लेखन रहेको फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काप्mले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, कृतिका बरालको कोरियोग्राफी, शिशिर विशाङ्खेको डीओपी र सुनिल सिवाकोटीको सम्पादन रहेको छ।

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माता रहेका छन्।

फिल्मको पोष्टर र टिजर सार्वजनिक भइसकेको छ। फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह–अवरोहलाई प्रस्तुत गरेको छ। नायिका आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका विषयवस्तुहरू लोकप्रिय बनिरहेका छन्।