राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा मतदान स्थल र मतदान केन्द्र ताेकिंयाे, कुन प्रदेशको कहाँ ? (सूचीसहित)


काठमाडौँ। 

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ।आयोगले बुधबार ७ वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जनाएको हो। 

आयोगको निर्णय अनुसार ७ वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार तोकिएका मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।

जसमा मतदान केन्द्र ‘क’प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखका लागि तोकिएको छ। निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको आयाेगले जनाएको छ।

कुन प्रदेशको मतदान केन्द्र कहाँ ?

१. कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ

२. मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका-४ धनुषा

३. बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका-४ मकवानपुर

४. गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की

५. लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ

६. कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत

७. सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली रहेका छन् ।