काठमाडौँ।
भिजिट भिसा अनियमितता प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई विशेष अदालतले २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
शुक्रबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा थुनछेक बहस भएको थियो।
बहसपछि भट्ट र पौडेलले भट्टराईलाई २५ लाख रूपैयाँ धरौटीमा छाड्नुपर्ने आदेश गरेका हुन्।
तीन जनाको इजलासमा न्यायाधीश श्रेष्ठले भने उनलाई थुनामै पठाउनुपर्ने फरक राय प्रस्तुत गरेका थिए।
श्रेष्ठले फरक राय पेस गरे पनि दुई जना बहुमत न्यायाधीशको आदेश अनुसार भट्टराई धरौटीमा छुट्ने भएका हुन्।











प्रतिक्रिया