बाजुरा: रास्वपाबाट राजबहादुर गिरी एकल उम्मेदवार सिफारिस

20.49k
Shares

बाजुरा। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यटक्षतर्फ राज बहादुर गिरीको एकल नाम सिफारिस गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका गिरीको नाम  बिहीवार   सदरमुकाम मार्तडीमा सम्पन्न पार्टी जिल्ला समितिको प्रथम विस्तारित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गर्ने निर्णय भएको रास्वपा जिल्ला सभापति नवराज जैशीले बताए। 

  हालै एमाले छोडेर रास्वपा प्रवेस गरेका गिरीलाई आगामी निर्वाचनमा तपाईको उम्मेदवारीका एजेण्डा के हुन् ? भन्ने पत्रकारको जिज्ञाषामा देशमा शान्ति सुशासन  बाजुराको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । हाम्रो जिल्ला अहिले ७७ औं स्थानमा छ , जिल्लाको श्रोत साधान  र सम्भवनाका हिसावले देशकै १५-१६ औं स्थानमा छौं ।  जिल्लाका नेता जनप्रतिनीधिहरुको दीर्घकालीन सोच नहुंदा बाजुरेलीले जहिले मानव सूचकांकमा पुछारमा बस्नु पर्ने आवस्था छ । 

जिल्लाको साधान श्रोत प्रयोग गर्दै जल,जंगल, पर्यटन र  गुणस्तरीय शिक्षा क्षेत्रमा आमुल परिरवर्तन गर्ने प्रतिवद्धता साथ  प्रतिनीधि सभा सदस्यका लागि मेरो दरो उम्मेदवारी छ गिरीले भने ।  अहिलेको मूल समस्या भनेको  भ्रष्टाचार हो । बाजुरा भ्रष्टाचार रहित जिल्ला घोषणा गर्न मेरो उम्मेदवारी हो ।

 त्यसैगरी बाजुराको प्राकृतिक सम्पदा अरवौंको काठ वन जंगलमा कुहिन्छ । बगेर सित्तैमा इन्डिया  पुग्छ, जंगलको संवर्द्धन गर्न काठको सदुपयोग गर्न वन ऐन २०४९ संशोधन गरी वनको आयश्रोतवाट हजारौं युवाललाई ब्यवसायिक बनाउन  पर्ने छ त्यसका लागि  पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारी हो उनले भने । 

त्यसैगरी बाजुरा वलिफको धेरै सम्भावना छ पुस्तौं देखि वनमा उम्रिएको वलिफ ब्यबसथान हुन सकेको छैन जिज्लालाई वोलिफ जोन बनाउने । त्यसैगरी कर्णलीमा ¥याप्टिङ्ग सञ्चालन गरेर युवा स्वरोजगार  वनाउने महान योजना छ।  त्यसका लागिपनि मेरो उममेदवारीहो गिरीले भने । शुक्रबार मार्तडी स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो विषयमा जानकारी गराएका हुन् ।

 बाजुरा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला हो ।स्वामीकार्तिक खापर गाउँपालिका ४ वाइका स्थायी बासिन्दा गिरी लामो समयदेखि जिल्लामा नेकपा एमाले पार्टीमा आबद्ध रहेका थिए । तर पार्टीप्रति तीव्र असन्तुष्टि जनाउँदै यहीँ मंसिर ४ गते रास्वपामा प्रवेश गरेका थिए । हाल पार्टीले गिरीलाई निर्वाचन रणनीति केन्द्रीय आयोग सदस्यको जिम्मेवारी समेत दिएको जनाएको छ ।

   त्यस्तै समानुपातिक तर्फ पार्टी जिल्ला सभापति नवराज जैशी र चेतना विष्टलाई सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको जनाएको छ । बुढीगंगा नगरपालिका १० का सभापति जैशी र जगन्नाथ गाउँपालिका १ की बिष्टलाई प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको पार्टी जिल्ला समितिले जनाएको छ । कांग्रेस एमालेमा लामोसमय रहेर काम गरेका नेता कार्यकर्ताको जमात देखिन्छ ।